Kathmandu Press

बैतडीमा आगलागीबाट चार लाख बढीकाे क्षति

बैतडी, कात्तिक २४ : बैतडीमा आगलागीबाट चार लाख ५० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ। जिल्लाको मेलौली नगरपालिका–१ मेलसैनीका अशोकसिंह साउँदको भैँसीगोठमा आगलागी...
बैतडीमा आगलागीबाट चार लाख बढीकाे क्षति

बैतडी, कात्तिक २४ : बैतडीमा आगलागीबाट चार लाख ५० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ। जिल्लाको मेलौली नगरपालिका–१ मेलसैनीका अशोकसिंह साउँदको भैँसीगोठमा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो।  

आज बिहान २ बजे भएको आगलागीबाट तीन गाई र एक भैँसी मरेका छन् भने अन्न, लत्ताकपडा, गोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। दुईकोठे एकतले पक्की गोठमा लागेको आगो स्थानीय बासिन्दाले करिब तीन घण्टामा नियन्त्रणमा लिएको बताइएको छ।   

विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख बोधराज ओझाले जानकारी दिए।  
 

प्रकाशित मिति: १५:१८ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्