कांग्रेस नेता रविचन्द्र वाग्लेको निधन
काठमाडौं, कात्तिक २४ : नेपाली कांग्रेसका नेता रविचन्द्र वाग्लेको ८८ वर्षको उमेरमा निधन भएको छ।भरतपुर क्यान्सर अस्पतालमा आज उनको निधन भएको कांग्रेस नेता रामचन्द्र...
काठमाडौं, कात्तिक २४ : नेपाली कांग्रेसका नेता रविचन्द्र वाग्लेको ८८ वर्षको उमेरमा निधन भएको छ।
भरतपुर क्यान्सर अस्पतालमा आज उनको निधन भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत वाग्लेको निधनले प्रजातान्त्रिक संघर्षमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
‘रविचन्द्रजीको पार्टीप्रतिको सिद्धान्त, निष्ठा र सङगठन विस्तारको सक्रियता सराहनीय छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘उहाँको निधनले पार्टी र प्रजातान्त्रिक संघर्षमा अपूरणीय क्षति पुगेको छ।’
वाग्ले लामो समयदेखि कांग्रेसको संगठन विस्तारमा सक्रिय रहँदै आएका थिए।
प्रकाशित मिति: १४:०९ बजे, बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
