Kathmandu Press

धनुषामा पत्नि हत्या आरोपमा पति पक्राउ

धनुषा, कात्तिक २४ : धनुषामा पत्निको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी छन्...
धनुषामा पत्नि हत्या आरोपमा पति पक्राउ

धनुषा, कात्तिक २४ : धनुषामा पत्निको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी छन् । 

साफीमाथि ३० वर्षीया पत्नि अजमेरी खातुनको हत्या गरेको आरोप छ। लालबाबुले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ। यही कात्तिक ८ गते राति अजमेरी घरमा मृत फेला परेकी थिइन्। आलमले छोरीको हत्या लालबाबुले गरेको किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। 

Hardik ivf

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले लालबाबुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जानकारी दिए। घटनामा संलग्न भएको आरोपमा लालबाबुका परिवारका अन्य सदस्यमाथि पनि अनुसन्धान जारी छ।

युवकको शव फेला 

धनुषामा आज एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१ मा लक्ष्मीनियाँ गाउँपालिकाको सपहीका १८ वर्षीय राजु यादवको शव फेला परेको हो। 

मृतक यादव टिप्परका कामदार हुन्। उनका भाइ झगरु यादवले राजुको टिप्परले किचेर हत्या गरेको आरोप लगाएका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । 

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ना१८ख १२७५ नंको टिप्परका चालक नागेन्द्र यादवलाई पक्राउ गरेको छ। 
 

प्रकाशित मिति: १३:५८ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्