विराटनगर महानगरका प्रमुखबाट दण्डवत् प्रणामको यात्रा सुरु
विराटनगर, कात्तिक २४ : विश्व शान्ति र मानवकल्याणका निम्ति विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सदाझै यसवर्ष पनि छठपर्वमा छठीमाताका लागि दण्तवत् प्रणाम गर्दै घाटसम्म पुग्ने...
विराटनगर, कात्तिक २४ : विश्व शान्ति र मानवकल्याणका निम्ति विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सदाझै यसवर्ष पनि छठपर्वमा छठीमाताका लागि दण्तवत् प्रणाम गर्दै घाटसम्म पुग्ने यात्रा आरम्भ गरेका छन्।
विराटनगर महानगरपालिकाको पोखरियास्थित ठूलो मिलको दुर्गा मन्दिरबाट आज बिहान ११ः२७ बजे यात्रा शुभारम्भ गर्दै छठीमाताले विश्वमा फैलिएको कोरोनाको महामारीलाई अन्त्य गर्ने विश्वास व्यक्त गरे।
उनले आफूले यात्रा लगातार १८ वर्षदेखि गर्दै आएको र विगत छ वर्षदेखि भतिज पराजुलीले पनि सोही यात्रामा साथ दिँदै घाटसम्म पुग्ने गरेको जानकारी दिए। परोपकार घाटसम्म पुगेर सूर्यमाताको अघ्र्य दिन तीन किमी ५०० मिटर दूरी पार गर्न करिब पाँच घण्टा लाग्ने र यसैको माध्यमबाट विराटनगरवासीलगायत मानव जातिको कल्याण हुने आफ्नो अटुट विश्वास रहेको प्रमुख पराजुलीले बताए।
प्रकाशित मिति: १३:३४ बजे, बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
