Kathmandu Press

दुई पसलमा आगलागी, लाखौँको क्षती 

चन्द्रौटा, कात्तिक २४ : कपिलवस्तुको चन्द्रौटामा गएराति आगलागी हुँदा ९० लाख बढीको क्षति भएको छ। शिवराज नगरपालिका– ५ चन्द्रौटा चोकदेखि एक सय मिटरदेखि पश्चिममा...
दुई पसलमा आगलागी, लाखौँको क्षती 

चन्द्रौटा, कात्तिक २४ : कपिलवस्तुको चन्द्रौटामा गएराति आगलागी हुँदा ९० लाख बढीको क्षति भएको छ। शिवराज नगरपालिका– ५ चन्द्रौटा चोकदेखि एक सय मिटरदेखि पश्चिममा रहेका दुई पसलमा राति करिब १० बजे आगो लागेको स्थानीयवासीले बताएका छन्। 

चन्द्रौटा फिक्स शप र सँगै रहेको ल्यापटप हस्पिटल तथा सेल्स पसलमा आगालागी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ।  आगलागीबाट दुवै पसलका सबै सामग्री नष्ट भएका छन्। दुवै पसलमा गरी ९० लाखको क्षति भएको अनुमान रहेको छ।

Hardik ivf

फेन्सी पसलको रु ५० लाख र कम्प्युटर पसलको ४० लाख बढीको सामग्री जलेको सञ्चालकको भनाइ छ।

आगो नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली स्थानीयवासी र दमकलको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो। आगलागीबाट भएको क्षतिको विवरण प्रहरीले सङ्कलन गरिरहेको छ। 

आगलागीको यकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। कम्पुटर पसलभित्रको बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।
 

प्रकाशित मिति: १३:२६ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्