गायक अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाई ऋण निकालेको आरोपमा चारजना पक्राउ
काठमाडौं, कात्तिक २४ : गायक योगेश्वर अमात्यको जग्गाकाे नक्कली लालपुर्जा बनाई ठगी गरेको आरोपमा कुमारी बैंकका कर्मचारीसहित चारजना पक्राउ परेका छन्।गायक अमात्यको बारास्थित १२...
काठमाडौं, कात्तिक २४ : गायक योगेश्वर अमात्यको जग्गाकाे नक्कली लालपुर्जा बनाई ठगी गरेको आरोपमा कुमारी बैंकका कर्मचारीसहित चारजना पक्राउ परेका छन्।
गायक अमात्यको बारास्थित १२ बिगाहा जमिनको नक्कली कागजात बनाइ बैंकबाट गत असारमा १९ करोड ऋण निकालेर ठगी गरेको आरोप उनीहरूलाई लागेको छ।
तर बैंकले भदौमा मात्र नक्कली लालपुर्जाबारे जानकारी पाएको सिआइबीको भनाइ छ।
पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्याङ्कनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
आफ्नो जग्गाको नक्कली लालपुर्जा बनाई ऋण निकालिएको भन्दै गायक अमात्यले उजुरी दिएपछि सिआइबीले अनुसन्धान अघि बढाएको थियो।
गायक अमात्यको जग्गा भने फिर्ता भइसकेको जनाइएको छ। पक्राउ परेकाहरूमाथि किर्ते मुद्दामा अनुसन्धान अघि बढाइएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
