नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाडौं, साउन ३१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
केही बेर अघि सुरू भएको बैठकम....
काठमाडौं, साउन ३१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
केही बेर अघि सुरू भएको बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोख्रेल, माधव कुमार नेपाल, विष्णु पौडेल, राम बहादुर थापा, नारायणकाजी श्रेष्ठ सहभागी छन्।
बिहीबारका लागि बोलाइएको बैठक प्रधानमन्त्री अस्वस्थ भएपछि आज बोलाइएको थियो। बैठकमा कार्यविभाजका बाँकी काम टुंगो लगाउने तथा स्कूल विभागको जिम्मेवारी तोक्ने विषयमा छलफल भइरहेको जनाएको छ।
स्कूल विभागको जिम्मेवारी लिनका लागि रक्षामन्त्री ईश्वर पोख्रेल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालले दाबी गरेका छन्।






