Kathmandu Press

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री

काठमाडौं, कात्तिक २४ : काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ। जल तथा मौसम...
देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री

काठमाडौं, कात्तिक २४ : काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ। 

जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ। दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ।

‘तत्काललाई पानी पर्ने सम्भावना छैन,’ उनले भने। वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ। महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ। दिउँसो प्रदेश १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४  दशमलव शून्य डिग्री सेल्सियस छ।

त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। 

प्रकाशित मिति: १२:०२ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्