Kathmandu Press

ब्रेल पाठ्यपुस्तक नहुँदा दृष्टिविहीनलाई समस्या

जुम्ला, कात्तिक २४ : जुम्ला भैरव माध्यमिक विद्यालयमा ब्रेल पाठ्यपुस्तक नपुग्दा न्यून दृष्टियुक्त व्यक्ति (दृष्टिविहीन) विद्यार्थीलाई समस्या भएको छ। सिञ्जा गाउँपालिकास्थित उक्त विद्यालयमा अध्ययनरत...
ब्रेल पाठ्यपुस्तक नहुँदा दृष्टिविहीनलाई समस्या

जुम्ला, कात्तिक २४ : जुम्ला भैरव माध्यमिक विद्यालयमा ब्रेल पाठ्यपुस्तक नपुग्दा न्यून दृष्टियुक्त व्यक्ति (दृष्टिविहीन) विद्यार्थीलाई समस्या भएको छ। सिञ्जा गाउँपालिकास्थित उक्त विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीको ब्रेल पाठ्यपुस्तक नपुग्दा उनीहरुलाई समस्या भएको हो। यही कात्तिक पहिलो साता बितिसक्दा पनि पाठ्यपुस्तक नआएकाले समस्या भएको सो विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी धर्मलाल प्याकुरेलले जानकारी दिए।

उनले अन्य कक्षाको आए पनि कक्षा ११ र १२ को हालसम्म नआएकाले पढाइ प्रभावित भएको गुनासो गरे। उक्त विद्यालयका स्रोत शिक्षक दत्तबहादुर बुढाले कक्षा ११ को पाठ्यपुस्तक आइनपुगेको र कक्षा १२ को ब्रेल पाठ्यपुस्तक नछापिएको भन्ने खबर आएको जानकारी दिए।

Hardik ivf

उनको अनुसार दृष्टिविहीनहरूको अध्ययनको सहारा ब्रेल पाठयपुस्तक समयमै नआउने र पटक–पटक विद्यार्थीमा यो पीडा दोहोरिएको छ। यस वर्ष कोरोनाका कारण समयमै पाठ्यपुस्तक विद्यालयमा जान ढिलाइ भएपछि जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाले सबैको हातमा पाठ्यपुस्तक पु¥याउने निर्णयसमेत गरेको थियो।

उनले भने, ‘नेपाल नेत्रहीन सङ्घ र नेपाल दृष्टि कल्याण सङ्घले पाठ्यपुस्तक छापिरहेका छन् । सामान्यतया गत वर्ष छापिएको कक्षा ११ पाठ्यपुस्तक अहिलेसम्म आउन सकेको छैन । हामीले गत वर्ष साथीहरूको फोन र समन्वयका भरमा अध्ययन गरेका थियौँ । अहिले पनि पाठ्यपुस्तक नआउँदा समस्या भएको छ ।’

सङ्घका पूर्वअध्यक्ष नरबहादुर लिम्बूले यस वर्ष कक्षा ११ र १२ को कार्यक्रम सरकारले नराखेको जानकारी दिए। उनका अनुसार पाठ्यपुस्तक नछापिएकाले देशभरका ती तहमा अध्ययन गर्ने विद्यार्थी अन्योलमा छन् । शिक्षा तथा मानवस्रोत विकास केन्द्र समावेशी शाखाका उपसचिव दिव्या दबाडी सरकारले कक्षा १० सम्ममात्रै ब्रेल पाठ्यपुस्तक छाप्ने योजना अगाडि बढाएको जानकारी दिए। उनका अनुसार सरकारले ११ र १२ को पाठ्यपुस्तक हालसम्म छाप्ने योजना राखेको छैन। रासस
 

प्रकाशित मिति: ०९:२० बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्