चक्कु प्रहारबाट एक युवकको मृत्यु
धनगढी, कात्तिक २४ : कैलालीमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।गएराति चक्कु प्रहारबाट घाइते भएका लम्कीचुहा नगरपालिका १ का भूपेन्द्र बडुवालको मृत्यु...
धनगढी, कात्तिक २४ : कैलालीमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।
गएराति चक्कु प्रहारबाट घाइते भएका लम्कीचुहा नगरपालिका १ का भूपेन्द्र बडुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। प्रहरीका अनुसार दुई समूहबीच झगडा हुँदा चक्कु प्रहार गरिएको हो।
चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेका छन्। उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ०८:०९ बजे, बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
