Kathmandu Press

चिनियाँ दूतावासले विद्यालयमा इन्टरनेट सेवा जोड्न सहयाेग गर्ने

पोखरा, कात्तिक २४ : नेपालस्थित चिनियाँ दूतावासका सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ।चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल...
चिनियाँ दूतावासले विद्यालयमा इन्टरनेट सेवा जोड्न सहयाेग गर्ने

पोखरा, कात्तिक २४ : नेपालस्थित चिनियाँ दूतावासका सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ।

चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा पोखरामा एक कार्यक्रमकाबीच विद्यालयमा इन्टरनेट जडानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ। नेपाल–चीन जनमैत्री सङ्घका पहलमा ग्रामीण शिक्षा सहयोग कार्यक्रमअन्तर्गत दूतावासले पोखरा महानगरपालिका–२१ का जनजागृति, भविष्य निर्माण , जनचेतन र पोखरा–३३ को शिशु कल्याण माध्यमिक विद्याललाई इन्टरनेट जडानका सहयोग गर्ने भएको हो।

Hardik ivf

सम्झौतामा जनमैत्री सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखे र सम्बन्धित विद्यालयका प्रधानाध्यापकले हस्ताक्षर गरेका छन्। सङ्घका अध्यक्ष पालिखेका अनुसार सङ्घको प्रस्तावमा चिनियाँ दूतावासले पहिलो चरणमा चार विद्यालयमा इन्टरनेट सुविधा प्रदान गर्नका लागि सहयोग गरेको हो। सम्झौताअनुसार विद्यालयले एक वर्षको इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन्।

यसैगरी सोलार प्यानल, सबै कक्षामा आवश्यक इन्टरनेट डिभाइडरलगायतका उपकरणसमेत प्रदान गरिएको उनले जानकारी दिए। पोखरा इन्टरनेटले उपलब्ध गराउने इन्टरनेट सेवाका लागि चार विद्यालयमा गरी कूल २० लाख लगानी भएको उनले बताए।

प्रकाशित मिति: ०७:४६ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्