Kathmandu Press

माओवादी अध्यक्ष प्रचण्डद्वारा छठ पर्वको शुभकामना

काठमाडौं, कात्तिक २४ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा...
माओवादी अध्यक्ष प्रचण्डद्वारा छठ पर्वको शुभकामना

काठमाडौं, कात्तिक २४ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

अध्यक्ष प्रचण्डले आज शुभकामना सन्देश दिँदै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ–आफ्नै पृष्ठभूमि रहेको पनि अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल रहेको बताएका छन्। छठ पर्वले पनि देशलाई एकतावद्ध बनाउन सहयोग गरेको उनको भनाइ छ।

Hardik ivf

कोरोना त्रास कायमै रहेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन पनि उनले सबैमा अपिल गरेका छन्।

 

प्रकाशित मिति: ०७:१३ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्