मन्त्री साहद्वारा छठका व्रतालुलाई नगदसहित सारी वितरण
राजविराज, कात्तिक २३ : प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छठका व्रतालुलाई नगद ५५ हजारसहित ११० थान सारी वितरण गरेका छन्।सप्तरीको...
राजविराज, कात्तिक २३ : प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छठका व्रतालुलाई नगद ५५ हजारसहित ११० थान सारी वितरण गरेका छन्।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१० का ११० जना छठ व्रतालुलाई जनही नगद ५०० र एक थान सारी मन्त्री साहले प्रदान गरेका हुन्। स्थानीय रामलखन मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री साहले छठ पर्वलाई हर्षोउल्लासका साथ मनाउन प्रोत्साहन गर्न सानो सहयोग गरेको बताए।
छठ पर्वको जगेर्नामा मधेशका महिलाको ठूलो योगदान रहेको चर्चा गर्दै प्रदेश सरकार सबै जातजातिको सांस्कृतिक पर्वको संरक्षणमा प्रतिबद्ध रहेको उनले बताए। कार्यक्रममा जनता समाजवादी पार्टी तराई मधेश प्रदेश समितिका सदस्य दिनेश यादव, जसपा नेता देवेन्द्र झा, जसपा क्षेत्रीय अध्यक्ष रामचन्द्र साहलगायत स्थानीय नेताको उपस्तिथि रहेको थियो।
प्रकाशित मिति: २०:२२ बजे, मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
