Kathmandu Press

गृहमन्त्रीसमक्ष छानबिन समितिको प्रतिवेदन

काठमाडौं, कात्तिक २३ : गृहमन्त्री बालकृष्ण खाँण समक्ष तीन स्थानका हिरासत र कारागारमा भएको घटना छानबिन गर्न गठित समितिले मंगलबार प्रतिवेदन बुझाएको छ...
गृहमन्त्रीसमक्ष छानबिन समितिको प्रतिवेदन

काठमाडौं, कात्तिक २३ : गृहमन्त्री बालकृष्ण खाँण समक्ष तीन स्थानका हिरासत र कारागारमा भएको घटना छानबिन गर्न गठित समितिले मंगलबार प्रतिवेदन बुझाएको छ ।

छानबिन समितिका संयोजक सहसचिव थानेश्वर गौतमले प्रतिवेदन बुझाएको हो । गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका उपरीक्षक प्रवीण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम सदस्य रहेको रहेका थिए ।

Hardik ivf

छानबिन समितिले प्राप्त गरेको प्रमाणले तीनै स्थानमा आत्महत्या भएको पुष्टि गरेको दाबी प्रतिवेदनमा उल्लेख छ । कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुरुष हिरासत कक्षमा गत असोज २४ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेका जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ का २९ वर्षीय मोहम्म खहकिमले गरेको आत्महत्या, इलाका प्रशासन कार्यालय टीकापुर कैलालीको हिरासतमा भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएका सुर्खेतको चौकुने गाउँपालिका–३ बस्ने ३५ वर्षीय धनबहादुर रानाले असोज २५ गते गरेको आत्महत्या र कारागार कार्यालय पर्वतमा जबरजस्ती करणी कसुरमाथुनामा रहेका बन्दी जिल्लाको फलेबास नगरपालिका–७का ५८ वर्षीय दुर्गाराज पाण्डेले झुण्डिएर गरेको आत्महत्याबारे अध्ययन समिति गठन गरिएको थियो ।

प्रतिवेदन बुझाउँदै समिति संयोजक गौतमले छानबिनका क्रममा भेटिएका प्रमाणले तीन स्थानमै आत्महत्या भएको पुष्टि भएको बताए । समितिले कारागार र हिरासत कक्षमा हुने आत्महत्या कम गर्न कैदीबन्दीलाई मनोसामाजिक परामर्श, थुनुवालाई निःशुल्क कानूनी परामर्र्श, हिरासत कक्षमा सुरक्षा निगरानी, हिरासत कक्षमा राखिएका सीसीटिभीलाई रेकर्डिङ र अनुगमन व्यवस्थालगायत व्यवस्था गर्न सुझाव दिएको छ ।  

प्रकाशित मिति: २०:१८ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्