Kathmandu Press

जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

म्याग्दी, कात्तिक २३ : म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा आज भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ। बागलुङको तमानखोलादेखि म्याग्दीको दरबाङ जाँदै गरेको...
जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

म्याग्दी, कात्तिक २३ : म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा आज भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ। बागलुङको तमानखोलादेखि म्याग्दीको दरबाङ जाँदै गरेको ध१च १९५ नम्बरको बोलेरो जिप ओखरबोटको घोरघोरे खोल्सामा दुर्घटना हुँदा चार जना घाइते भएका थिए। 

दुर्घटनाका घाइते तमानखोला गाउँपालिका–४ का ७२ वर्षीय पोपसरा बुढामगर, १३ वर्षीया हेलिस बुढामगर, ३० वर्षीय मिलन बुढामगर र ४२ वर्षीय टकसरा बुढामगरलाई प्रभु एयरको हेलिकोप्टरबाट काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ। 

Hardik ivf

प्रहरी निरीक्षक सन्तोष पौडेलले ब्रेक फेल भएर दुर्घटना भएको बताए। उनका अनुसार ब्रेक फेल भएपछि चालकले गाडीलाई सडकको कुनातर्फ ठोक्काएका थिए। 

तीन जना घाइतेको स्वास्थ्य अवस्था सामान्य छ। ढाड र टाउकोमा चोट लागेर घाइते भएका १३ वर्षीय हेलिस पनि खतरामुक्त रहेका प्रहरी निरीक्षक पौडेलले बताए। घाइते सबै एउटै परिवारका हुन्। इलाका प्रहरी कार्यालय दरबाङका सुरक्षाकर्मी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए। घाइतेका आफन्तले हेलिकोप्टर मगाएर काठमाडौं गएका हुन्।

प्रकाशित मिति: २०:१५ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्