Kathmandu Press

कश्मिरबारे ५० वर्षपछि राष्ट्रसंघ सुरक्षा परिषदको बैठक बस्दै

काठमाडौं, साउन ३१ : कश्मिरका विषयमा ५० वर्षपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद (यूएनएससी)को बैठक बस्न लागेको छ। चीनको आग्रहमा सुरक्षा परिषदको बैठक बस....

कश्मिरबारे ५० वर्षपछि राष्ट्रसंघ सुरक्षा परिषदको बैठक बस्दै
फाइल फोटो

काठमाडौं, साउन ३१ : कश्मिरका विषयमा ५० वर्षपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद (यूएनएससी)को बैठक बस्न लागेको छ। चीनको आग्रहमा सुरक्षा परिषदको बैठक बस्न लागेको हो।

स्थानीय समय अनुसार, आज बिहान १० बजे अर्थात नेपाली समय अनुसार, साँझ ७ः४५ बजे सुरक्षा परिषद्को बैठक बस्नेछ। आपतकालिन सुरक्षा परिषद बैठकका लागि चीनले दुई दिन अघि आग्रह गरेको थियो।

त्यस्तै, पाकिस्तानले पनि कश्मिर विषयमा सुरक्षा परिषद बैठक बोलाउन आग्रह गरेको थियो। यस अघि भारत, पाकिस्तान र चीनबीच विवाद भएपछि सन् १९६९ मा सुरक्षा परिषद बैठकमा कश्मिरबारे छलफल भएको थियो।

 

प्रकाशित मिति: ११:११ बजे, शुक्रबार, साउन ३१, २०७६