Kathmandu Press

हेटौंडामा बस दुर्घटना, एकको मृत्यु, १५ घाइते

मकवानपुर, साउन ३१ : हेटौंडामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्....

हेटौंडामा बस दुर्घटना, एकको मृत्यु, १५ घाइते

मकवानपुर, साउन ३१ : हेटौंडामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान बस दुर्घटना भएको हो।

काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नं.को बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँएको प्रत्यक्षदर्शीले बताए।

जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको छ।

घाइतेको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:३४ बजे, शुक्रबार, साउन ३१, २०७६