Kathmandu Press

तीनजना मृत अवस्थामा फेला 

तीनजना मृत अवस्थामा फेला 

काठमाडौं, कात्तिक २३ : सप्तरीको महदेवा गाउँपालिका २ चक्ला टोल बस्ने २२ वर्षीया सरस्वती रजक आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् 

यसैगरी सप्तरी, राजबिराज नगरपालिका १० दिगवा बस्ने ७८ वर्षीय बच्चा सुतिहार सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। कात्तिक ६ गते हिँडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खेतमा शव फेला परेको हो।

Hardik ivf

उदयपुर, त्रियुगा नगरपालिका १२ सोनापुर बस्ने चौदण्डिगढी नगरपालिका ९ हडिया घर भएका ३० वर्षीय दिनेश सदा मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १८:१६ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्