Kathmandu Press

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु 

काठमाडौं, कात्तिक २३ : मकवानपुर, भिमफेदी गाउँपालिका ६ जुरेखेतस्थित सडकमा सवारी दुर्घटना भएको छ। काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना.२ ज २९६८ नम्बरको ट्याक्सी आफै...
सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु 

काठमाडौं, कात्तिक २३ : मकवानपुर, भिमफेदी गाउँपालिका ६ जुरेखेतस्थित सडकमा सवारी दुर्घटना भएको छ। काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना.२ ज २९६८ नम्बरको ट्याक्सी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय मिटर तल खस्दा पर्सा सुकुवा गाउँपालिकाका ३६ वर्षीया शिव जानकी थारु चौधरीको मृत्यु भएको हो। 

मंगलबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य चौकी भिमफेदीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्याक्सीका चालक समेत २ जनाको सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। 

Hardik ivf

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका ११ नवलपुरस्थित सडकमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ना.७ ख ८८१ नम्बरको टेलरले मंगलबार बिहान ठक्कर दिएको छ। ठक्करबाट मोटरसाइकल चालक सोही उपमहानगरपालिका १२ गुरुबिर्ताका २० वर्षीय सुशान्त पुडासैनीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

ठक्कर दिने टेलर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिन्धुपाल्चोक, चौतारा सागाचोक गढी नगरपालिका ११ स्थित सडकमा सवारी दुर्घटना भएको छ। बा.२ ख २६१२ नम्बरको हाईस माईक्रो अनियन्त्रित भई सडकबाट अन्दाजी ८ मिटर तल खसेर दुर्घटना हुँदा माईक्रोमा सवार बलेफी गाउँपालिका ५ का ४० वर्षीया जानुका पराजुलीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका माईक्रोका चालक समेत १५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

 
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १८:१३ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्