Kathmandu Press

जुत्ताचप्पलको व्यापार मेला शुक्रबारदेखि

काठमाडौं, कात्तिक २३ : फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले यही कात्तिक २६ देखि मङ्सिर १३ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा व्यापार मेला आयोजना गर्ने भएको छ।...
जुत्ताचप्पलको व्यापार मेला शुक्रबारदेखि

काठमाडौं, कात्तिक २३ : फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले यही कात्तिक २६ देखि मङ्सिर १३ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा व्यापार मेला आयोजना गर्ने भएको छ। स्वदेशी उत्पादनलाई प्रवद्र्धन, विकास तथा विस्तार गर्ने उद्देश्यले मेला गर्न लागिएको हो। 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मेलाका संयोजक होमनाथ उपाध्यायले  विभिन्न ३० वटा जुता चप्पल कम्पनीका ६० वटाभन्दा बढी बिक्री कक्ष राखिने जानकारी दिए। मेला अवधिमा उपभोक्तालाई केही छुट तथा सहुलियत उपलब्ध गराइने जनाइएको छ। करिब १० लाख दर्शकले अवलोकन गर्ने तथा एक लाख ५० हजार जोर जुत्ताचप्पलको कारोबार हुने अनुमान गरिएको छ। 

Hardik ivf

एसोसिएसनका पूर्वअध्यक्ष रामकृष्ण प्रसाईंले महामारीका कारण अन्तर्राष्ट्रिय बजारबाट सहजरूपमा कच्चापदार्थ आयात हुन नसकेकाले मागअनुसारको उत्पादन तथा बिक्री दुवै हुन नसकेको र यस क्षेत्रमा रहेका धेरै कम्पनी तथा उद्यमीलाई असर परेको बताए। 

एसोसिएसनले मुलुकमा अर्थतन्त्रलाई गतिशील बनाउन र व्यावसायिक क्रियाकलापलाई सहज बनाउन आवश्यक नीतिनिर्माण गर्न सरकारलाई आग्रह गरेको छ।
 

प्रकाशित मिति: १६:५६ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्