Kathmandu Press

मेसीले ला लिगाको पहिलो खेल गुमाउने 

काठमाडौं, साउन ३१ : बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले ला लिगाको पहिलो खेल गुमाउने भएका छन्।

पिँडुलामा चोट बोकेका कारण मेसीले ला लिगाको....

मेसीले ला लिगाको पहिलो खेल गुमाउने 

काठमाडौं, साउन ३१ : बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले ला लिगाको पहिलो खेल गुमाउने भएका छन्।

पिँडुलामा चोट बोकेका कारण मेसीले ला लिगाको पहिलो खेल गुमाउने भएका हुन्। बार्सिलोनामा १० नम्बर जर्सी लगाउने मेसीले १० वर्षपछि पहिलो पटक सिजनको पहिलो खेल गुमाउन लागेको मार्काले जनाएको छ।

Hardik ivf

मेसीले यसअघि बार्सिलोनाबाट सिजनको पहिलो खेल अहिलेसम्म गुमाएका थिएनन्। र, बार्सिलोना पछिल्लो १० वर्षमा पहिलो पटक जर्सी नम्बर १० का खेलाडीविना मैदा उत्रिन लागेको हो।

बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले मेसीलाई बिल्वाओविरुद्धको खेलका लागि टोलीमा समावेश नगरिएको जनाएका छन्। ‘हामी कुनै पनि जोमिख उठाउन चाहन्नौं। मेसीले टिमभन्दा बाहिर एक्लै अभ्यास गरिरहेका छन्,’बार्सिलोनाका प्रशिक्षक भाल्भर्डेले भने। 

पिँडुलामा चोट बोकेपछि मेसीले लिग सुरु हुनुअघिको प्रि–सिजन टुरका खेल पनि गुमाएका थिए। बार्सिलोनाले ला लिगाको पहिलो खेलमा शुक्रबार राति एथ्लेटिको बिल्बाओसँगको प्रतिस्पर्धा गर्दैछ।

खेल नेपाली समयअनुसार शुक्रबार राति पौने एक बजे सुरु हुनेछ। 
 

प्रकाशित मिति: ०७:४२ बजे, शुक्रबार, साउन ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्