प्रदेश ५ : नेकपा प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम प्रहार
बुटवल, साउन ३१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नम्बर ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल बम प्रहार भएको छ।

बुटवल, साउन ३१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नम्बर ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल बम प्रहार भएको छ।
सैनामैना नगरपालिका–७ मा रहेका प्रमुख सचेतक ढकालको घरमा गएराति अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ।
सचेतक ढकाल सुत्ने कोठा, उनका बाबाआमा सुत्ने कोठा र उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीलाई लक्षित गरी बम प्रहार भएको जिल्ला प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए।
पेट्रोल बम प्रहारबाट घर अगाडि पार्किङ गरिराखिएको गाडीमा क्षति पुगेको छ। पेट्रोल बम प्रहारबाट गाडीको पछाडिको भागमा केही क्षति पुगेको एसपी थापाले जानकारी दिए।
प्रमुख सेचतक ढकाल भने उपचारका लागि काठमाडौंमा रहेको उनले जानकारी दिए। पेट्रोल बम प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

-1784896419.png)









