Kathmandu Press

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

धनुषा, कात्तिक २३ : जनकपुर उपमहानगरपालिका–२ शिव चोकस्थित होटल जानकी राजको तेस्रो तल्लाको छतमाथि तास खेलिरहेको अवस्थामा सिरहाको लहान नगरपालिका–१३ घर भइ सोही होटलमा...
तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
Hardik ivf

धनुषा, कात्तिक २३ : जनकपुर उपमहानगरपालिका–२ शिव चोकस्थित होटल जानकी राजको तेस्रो तल्लाको छतमाथि तास खेलिरहेको अवस्थामा सिरहाको लहान नगरपालिका–१३ घर भइ सोही होटलमा लेवरको काम गर्ने २१ वर्षीय अर्जुन कुमार साहलगायत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। 

उक्त होटलमा तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ६६ हजार ९ सय रुपैयाँ, १ हजार ७ सय ५० भारतीय रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। 

प्रकाशित मिति: १२:२८ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्