सभापतिहरुको हवाला दिएर भ्रामक समाचार नदेऊ : कांग्रेस जिल्ला सभापतिहरु
काठमाडौं, साउन ३० : कांग्रेसका जिल्ला सभापतिहरुले आफ्नो नाम जोडेर सत्य तथ्यनै नबुझि र कुनै सल्लाहनै नगरी जिल्ला सभापतिहरुको हवाला दिएर समाचार आउने गरे....

काठमाडौं, साउन ३० : कांग्रेसका जिल्ला सभापतिहरुले आफ्नो नाम जोडेर सत्य तथ्यनै नबुझि र कुनै सल्लाहनै नगरी जिल्ला सभापतिहरुको हवाला दिएर समाचार आउने गरेकोप्रति गम्भीर आपत्ती व्यक्त गरेका छन्।
बिहिबार दुई दर्जन जिल्ला सभापतिहरुले सयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि जिल्लामा देखिएको मतभेदको समाधान विधान अनुसार हुने स्पष्ट व्यवस्था हुदाहुदै भ्रामक समाचारहरु सार्वजनिक नगर्न आग्रह गरेका छन्।
केही दिन अघि नुवाकोट जिल्ला सभापति जगदश्विर नरसिह केसीले ६१ जिल्ला सभापतिहरुको हवाला दिएर पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको पार्टी कार्यालयमा भएको घटनामा केन्द्रीय नेतृत्वलाई अनावस्यक जोडेका थिए । ‘हालसालै नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिह केसीको हवाल दिएर केही संचार माध्याममा पार्टी सभापतिको गृह जिल्ला डडेलधुराको पार्टी कार्यालयमा तोडफोड भएको भन्ने घटनालाई सत्य तथ्य नुबुझि एकतर्फि रुपमा केन्द्रीय नेतृत्वलाई आक्षेप लगाउन खोजिएकोप्रति हाम्रो गम्भीर ध्यानकार्षण भएको छ’ जिल्ला सभापतिहरुले जारी गरेको सयुक्त विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा कांग्रेसका जिल्ला सभापतिहरु पार्टींभित्र बैचारिक र नीतिगत आन्तरिक बहसलाई स्विकार गरेर पार्टीलाई वलियो बनाउने अभियान लागनु पर्ने पनि उल्लेख छ ‘पार्टीको हितका लागि पार्टी अनुशानको पालना गर्नुपर्ने हामी सबै कांग्रेसका नेता तथा कार्यकर्ताहरुको पहिलो कर्तव्य हो’ विज्ञपितमा भनिएको छ, ‘हालसालै नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिह केसीको हवाल दिएर केही संचार माध्याममा पार्टी सभापतिको गृह जिल्ला डडेलधुराको पार्टी कार्यालयमा तोडफोड भएको भन्ने घटनालाई सत्य तथ्य नुबुझि एकतर्फि रुपमा केन्द्रीय नेतृत्वलाई आक्षेप लगाउन खोजिएकोप्रति हाम्रो गम्भीर ध्यानकार्षण भएको छ । उक्त समाचारमा हाम्रो पनि नाम जोडिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
उनीहरुले केही जिल्ला सभापति साथिहरुको व्यक्तिगत स्वार्थ पार्टी बदनामीमा प्रयोग गर्न नहुने पनि विज्ञप्तिमा जनाएका छन् । ‘हामी जिल्ला सभापतिहरुले कुनै पनि जिल्लाको विषयमा छलफल गरेर कुनै निष्कर्ष निकालेका छैनौ र निकाल्ने पनि होईन ।’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको अन्तरिक असमझदारी वा मतभेद समाधान गर्ने पार्टीका आफ्नै निकायहरु छन् । जिल्ला सभापतिहरुको नाम जोडेर जनमानसमा भ्रम हुनेगरी गलत समाचार फैलाएकाले त्यस्ता कार्य तत्काल रोक्न हामी यसै विज्ञप्ति मार्फत सबै साथिहरुमा अनुरोध गर्न चाहन्छौ।’
विज्ञप्तिमा कम्युनिष्टहरुको हुकुमी शासन भएको अहिलेको अवस्थामा प्रतिपक्षी दलको भूमिकामा जिल्ला सभापतिको नाताले प्रभावकारी बनाउनु आफुहरु दायित्व भएको पनि उल्लेख छ । ‘हामी सभापतिहरुले जिल्ला जिल्लामा सरकारले गरेका बदमासीको भण्डाफोर गरेर जनतालाई सूसुचित गर्ने मुख्य दायित्व अहिले छ’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा पार्टीभित्र व्यक्तिगत स्वार्थका अनावस्यक विषयहरुमा नअल्झन सबैलाई आग्रह पनि गरिएको छ । ‘सबै जिल्ला सभापति वा जिल्ला कार्यसमितिका साथिहरुलाई आफ्नो भूमिका पार्टी विधानको अधिनमा रहेर पार्टी र जनताको हितमा निभाउन यसै विज्ञप्ति मार्फत आग्रह गर्दछौ’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्ति जारी गर्ने कांग्रेस जिल्ला सभापतिहरु:
१. रुद्रबहादुर खड्का दोलखा
२. भरतबहादुर स्वाँर अछाम
३. हर्कजंग बहादुर सिह बझाङ
४. जयपती रोकाया हुम्ला
५. अङगतबहादुर बुढा डोल्पा
६. बिष्णु लामिछाने नवलपुर
७. केशरमान रोक्का रुकुम
८. दिपकबहादुर शाही जुम्ला
९. कृतिबहादुर खड्का दाङ
१०. दिपेन्द्रबहादुर थापा बाग्लुङ
११. खम्बबहादुर खर्बुजा म्याग्दी
१२. याङजी बिष्ट मुस्ताङ
१३. हरिबहादुर घले गोरखा
१४. पेम्बा छिरिङ्ग लामा रसुवा
१५. मदनबहादुर अमात्य ललितपुर
१६. लभश्री न्यौपाने रामेछाप
१७. अजय द्धिबेदी पर्सा
१८. रामचन्द्र यादव सिरहा
१९. अग्निप्रसाद पौडेल धनकुटा
२०. नरेन्द्रसिह थापा बैतडी
२१. दुर्लभ थापा भक्तपुर

-1784896419.png)









