Kathmandu Press

पर्यटनमन्त्री भट्टराईले भने–नेपाललाई कालोसूचीमा राख्नुको जवाफ इयूले दिनुपर्छ

काठमाडौं, साउन ३० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियन (इयू)ले नेपाली हवाइ आकाश कालो सूचीमा राख्नुको जवाफ....

पर्यटनमन्त्री भट्टराईले भने–नेपाललाई कालोसूचीमा राख्नुको जवाफ इयूले दिनुपर्छ
फाइल

काठमाडौं, साउन ३० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियन (इयू)ले नेपाली हवाइ आकाश कालो सूचीमा राख्नुको जवाफ दिनु पर्ने बताएका छन्।

बिहीबार एभिएसन सेफ्टी रिपोर्ट २०१९ सार्वजनिक गर्दै मन्त्री भट्टराईले भने,‘नेपाली वायुसेवा कम्पनीका इयूले कालोसूचीमा राखेको पाँच वर्ष भइसकेको छ। इयूले किन प्रतिबन्ध फुकुवा नगरेको हो? त्यसको जवाफ उनीहरुले दिनुपर्छ।’

मन्त्री भट्टराईले नेपालले हवाइ सुरक्षालाई संवेदनशील क्षेत्रको रुपमा राख्दै काम गरिरहेको दाबी गरे। हवाइ क्षेत्र संवेदनशील क्षेत्र भएकाले यसमा कुनै पनि सम्झौता हुन नसक्ने उनको भनाइ छ।

उनले अब सरकारले बारीको पाटा देख्ने वित्तिकै विमानस्थल बनाउने काम पनि बन्द गर्ने बताए। ‘विमानस्थल विस्तारमा भन्दा भएका विमानस्थलको स्तरोन्तीमा सरकारको ध्यान जान्छ,’ मन्त्री भट्टराईले भने। नेपालमा निर्माण भइसकेका ५० भन्दा बढी विमानस्थल र बन्दै गरेको विमानस्थलनै प्रयाप्त भएको समेत बताए। 

साथै मन्त्री भट्टराईले सोही अवसरमा वायुसेवा कम्पनीलाई इन्धनको  मूल्य र विदेशीसँग लिने भाडाको विषयमा समेत सहमतिमा निर्णय गर्ने प्रतिबद्धता गरे।

मन्त्रालयले इन्धन डिपो नभएका विमानस्थलमा समेत डिपो स्थापनाका लागि नेपाल आयाल निगमलाई जग्गा उपलब्ध गराउने निर्णय समेत भइसेको मन्त्री भट्टराईले बताए। 
 

प्रकाशित मिति: १९:५६ बजे, बिहीबार, साउन ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्