श्रीमती हत्याको आरोपमा एक पक्राउ
काठमाडौं, कात्तिक २२ : कपिलवस्तुमा श्रीमतीको हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको महाराजगञ्ज नगरपालिका–११ बाबा बनगाईका ४५ वर्षीय रामकेवल लोनिया रहेका...
काठमाडौं, कात्तिक २२ : कपिलवस्तुमा श्रीमतीको हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको महाराजगञ्ज नगरपालिका–११ बाबा बनगाईका ४५ वर्षीय रामकेवल लोनिया रहेका छन् ।
पैंतीस वर्षीया श्रीमतीलाई गत भदौ १५ गते काठ लिन जाने बहाना बनाई बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित कपिलवस्तु साझेदारी सामुदायिक जङ्गलमा लगेर हत्या गरी उनी भारततर्फ फरार भएका थिए ।
लोनियालाई खोजतलास गर्ने क्रममा यही कात्तिक १९ गते बिहान बुद्धभूमि नगरपालिका–९ डुमराबाट इलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
भदौ १५ गतेदेखि हराएकी चिन्काको शवको कङ्काल गत असोज १७ गते जङ्गलमा फेला पारेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए । लोनियामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०:२९ बजे, सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
