Kathmandu Press

छिटो वार्ता समिति गठन गर्न ब्रिटिश गोर्खा भूपू सत्याग्रह समितिकाे आग्रह

छिटो वार्ता समिति गठन गर्न ब्रिटिश गोर्खा भूपू सत्याग्रह समितिकाे आग्रह

काठमाडौं, कात्तिक २२ : ब्रिटिश गोर्खा भूपू सत्याग्रह समितिले बेलायत सरकारसँग वार्ता गर्नको लागि छिटोभन्दा छिटो वार्ता समिति गठन गर्न नेपाल सरकारसँग माग गरेको छ। रिपोर्टर्स क्लब नेपालमा आज आयोजना गरेका पत्रकार सम्मेलनमा सत्याग्रह समितिले यस्तो माग गरेको हो।

बेलायती सेनासरह ब्रिटिश सेनामा कार्यरत नेपालीहरुले पनि सेवा÷सुविधा पाउनुपर्ने भन्दै समितिले सुरुदेखि नै आवाज उठाउँदै आइरहेको छ।  

Hardik ivf

कार्यक्रममा समितिकी सचिव पुष्पा राणा घलेले छिटोभन्दा छिटो वार्ता समिति गठन गर्न सरकारसँग आग्रह गरिन्। उनले आफु नेपाल सरकारसँग बेलायतसँग भएको सम्झौता अनुसार वार्ता समिति गठनको लागि आग्रह गर्न आएको बताइन् । ‘नेपाल सरकारले तुरुन्त वार्ता समिति गठन गरेर आफ्नो नागरिकप्रति जिम्मेवार रहेको खबर ब्रिटिशसमक्ष पुर्याउनुपर्छ, म यो आग्रह गर्न चाहान्छु ।’ नेपाल समाजवादी कांग्रेसको उपाध्यक्षसमेत रहेकी घलेले भनिन्,‘चाँडोभन्दा चाँडो नेपाल सरकारले वार्ता समिति गठन गरेर हामी तयार छौ भन्ने सन्देश बेलायत पठाओस् ।’  

ब्रिटिश सरकारसँग नेपालले गरेको त्रिपक्षीय सन्धीअनुसार कार्यान्वयन गर्नसमेत नेपालले चासो दिनुपर्ने उनको भनाई थियो। उनले सरकारले वार्ताको लागि सहयोग नगरेमा अब नेपालमै अनशन बस्ने सम्भावनाबारे पनि जानकारी दिइन्। 

नेपाली ब्रिटिश सेनामा कार्यरत सैनिकहरुको हकहितको माग राख्दै अगस्ट महिनामा १३ दिनसम्म अनसन बसेर बेलायतका रक्षामन्त्री, गोर्खा भुपु सैनिकको प्रतिनिधि र नेपाल सरकारको प्रतिनिधिको रोहवरमा अनशनरत ३ जनाले वार्ताद्धारा माग पूरा गर्ने शर्तमा अनशन तोडेको बताइन्। 

उनले भनिन्,‘मागलाई वार्ताबाट सुल्झाउँछौ, डिसेम्बर २१ बाट वार्ता सुरु गर्छौ भनेर लिखित कागज गरेपछि टेबुल–टक गर्ने शर्तमा अनशन तोडियो। तर, दुःखको कुरा आजसम्म वार्ता समिति पनि गठन गर्न सकेको छैन।’

केही गरौं भन्ने जोश र जाँगर भएका नेपाली युवाहरुलाई ब्रिटिश सेनामा भर्ती गरेर लैजाने, अन्य सैनिकलाई जस्तै काम गराउने सेवा÷सुविधा भने कम गर्न नमिल्ने भन्दै उनले सबै सैनिकहरुको न्यायको लागि आफुहरु अनशनमा उत्रिएको बताइन। 

ब्रिटिश नागरिकहरु सरह सेवा सुविधा नदिएकोले ३२ वर्षदेखि आन्दोलन गर्न परेको सुनाइन। ब्रिटिश सेना र गोर्खाली सेनालाई काम उस्तै एउटै दिइएको तर सेवा सुविधामा भने धेरै भिन्नता रहेको समेत आरोप लगाइन। समान सेवा÷सुविधा हुनुपर्ने र भिन्नताको अन्त्यको लागि आफु आवरण अनशन बसेको समेत स्पष्ट पारिन। उनले १३ दिनसम्मको अनशन बस्दा प्रहरीले विभिन्न तरिकाबाट निकै पीडा दिएको बताइन।
 

प्रकाशित मिति: २०:२४ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्