परिक्षा दिएर बसेका विद्यार्थीहरूको लागि सफ्टवेरिका कलेजको ‘नेपाल आईओटी च्यालेन्ज’
काठमाडौं, कात्तिक २२ : १२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौको डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेजले बेलायतको कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा ‘नेपाल आईओटी...
काठमाडौं, कात्तिक २२ : १२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौको डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेजले बेलायतको कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा ‘नेपाल आईओटी च्यालेन्ज’ घोषणा गरेको छ ।
विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा देखाउन सक्ने यो प्रतियोगितामा समूह बनाएर सहभागी हुन सक्नेछन् । प्रतियोगितामा सहभागी हुन पाँच जना सदस्यको समूह बनाएर दर्ता गर्न सक्छन् । त्यसपछि दर्ता भएका समूहहरुले कलेजले आयोजना गरेको १० दिने नि:शुल्क बुटक्याम्पमा सहभागी हुनुपर्छ ।
सफ्टवेरिका कलेजका विद्यार्थीहरूले हाल सम्म ड्रोन, स्मार्ट होम, विद्युतिय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट लगायत अन्य थुप्रै कुराहरू निर्माण गरिसकेका छन् ।
यस्तै केही बनाउन सक्ने वा इच्छुक वा सोच भएका विद्यार्थीहरूले प्रतियोगितामा भाग लिन सक्नेछन् । सो बुटक्याम्पमा प्रतियोगिता सम्बन्धि आवश्यक प्रशिक्षण दिइनेछ । सो प्रशिक्षण सकिएपछि आफ्नो समूह सँग मिलेर आफ्नो आईओटी प्रोजेक्ट सम्पन्न गरेर बुझाउनुपर्ने हुन्छ र तीन उत्कृष्ट प्रोजेक्टहरूले आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउनेछन् ।
प्रतियोगितामा पहिलो हुनेले ५०,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश: ३०,००० र २०,००० रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रममा भाग लिन यो लिंकमा गएर आफ्नो समूह दर्ता गराउन सकिन्छ ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
