देउसीभैलोबाट जुट्यो एक लाख १४ हजार
काठमाडौं, कात्तिक २२ : लोकतन्त्र, मानव अधिकार, शान्ति र सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएको मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले देउसी भैलोबाट...
काठमाडौं, कात्तिक २२ : लोकतन्त्र, मानव अधिकार, शान्ति र सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएको मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले देउसी भैलोबाट रु एक लाख १४ हजार सहयोग जुटाएको छ।
सहयोग मानव अधिकार र सामाजिक काममा खर्च गरिने जिल्ला शाखा काठमाडौंका कार्यवाहक सभापति भगवान् पुडासैनीले जानकारी दिए। समाजले विगत वर्षदेखि नै तिहारका अवसरमा देउसीभैलो खेली सामाजिक गतिविधि गर्न कोष खडा गर्दै आएको उनले सुनाए।
नेपालीको दोस्रो ठूलो चाड तिहारका अवसरमा आयोजित कार्यक्रममा वाग्मती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे, काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामा, गोकर्णेश्वर नगरपालिका वडा ५ का अध्यक्ष नारायणबहादुर सुवेदी, वडा ६ का अध्यक्ष रमेश अर्याल, वडा ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानालगायत २०० जना बढी अभियानकर्मीको सक्रियता थियो।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
