Kathmandu Press

हत्यापछि पत्नीको शव जंगलमा फालेर फरार भएका अभियुक्त पक्राउ

कपिलवस्तु, कात्तिक २२ : आफ्नै श्रीमती ३५ वर्षीया चिन्का लोनियाको हत्या गरी जङ्गलमा फालेर फरार रहेका अभियुक्त महाराजगंज नगरपालिका-११ बाबा बनगाई बस्ने ४५ वर्षीय...
हत्यापछि पत्नीको शव जंगलमा फालेर फरार भएका अभियुक्त पक्राउ

कपिलवस्तु, कात्तिक २२ : आफ्नै श्रीमती ३५ वर्षीया चिन्का लोनियाको हत्या गरी जङ्गलमा फालेर फरार रहेका अभियुक्त महाराजगंज नगरपालिका-११ बाबा बनगाई बस्ने ४५ वर्षीय राम केवल लोनियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

२०७८ असोज १७ गते दिउँसो बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा मानव कंकाल फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरीले घटनास्थलमा गई आवश्यक अनुसन्धान गरेपनि तत्काल पहिचान खुलेको थिएन।

Hardik ivf

गत असोज २६ गते इलाका प्रहरी कार्यालय गोरुसिङेमा कर्तव्य ज्यान मुद्धा शिर्षकमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेकोमा कात्तिक ७ गते घटनास्थलमा फेला परेका चप्पल, कपडाहरुबाट उनको सनाखत भएको थियो। 

घटना सम्बन्धमा गोप्य रुपमा बुझ्दै जाँदा चिन्कालाई राम केवलले हत्या गरी नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बस्दै आएको भन्ने खुल्न आएपश्चात खोजतलास गर्नेक्रममा ईलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरीले बुद्धभूमि नगरपालिका–९ डुमरामा फेला पारी पक्राउ गरेको हो। 

चिन्काले पर पुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको शंकाको विषयलाई लिएर आपसी झगडा भएपछि श्रीमतीलाई मार्ने योजना बनाई भदौ १५ गते जंगलमा बाती काट्ने काठ लिन जाने बहानामा जंगलमा लगी हसियाँले हत्या गरी भारततर्फ भागेको अनुसन्धानबाट खुल्न आएको छ। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रकाशित मिति: १७:३५ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्