Kathmandu Press

चोरीको मोटरसाइकलसहित पक्राउ 

वीरगञ्ज महानगरपालिका–५ गणेशमान चोकछेउमा पार्किङ गरिराखेको ना४८प ५१०९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही महानगरपालिका–५ का २५ वर्षीय सोनालाल मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।
चोरीको मोटरसाइकलसहित पक्राउ 
Hardik ivf

पर्सा, कात्तिक २२ : वीरगञ्ज महानगरपालिका–५ गणेशमान चोकछेउमा पार्किङ गरिराखेको ना४८प ५१०९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही महानगरपालिका–५ का २५ वर्षीय सोनालाल मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–५ का २० वर्षीय रोशन साहको मोटरसाइकल उक्त चोकछेउमा पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको थियो । प्रहरीले जाँच गर्नेक्रममा उक्त मोटरसाइकल चलाइरहेको अवस्थामा फेला पारी सोही महानगरपालिका–१९ विन्दवासिनी चोकबाट मुखियालाई पक्राउ गरेको हो । उनीविरुद्ध चोरीसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६:५६ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्