Kathmandu Press

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ 

कर्तव्य ज्यान मुद्दामा ११ वर्षदेखि फरार प्रतिवादी महाराजगन्ज नगरपालिका–८ बन्जरियाका ४३ वर्षीय भोलानाथ उपाध्यायलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ 

कपिलवस्तु, कात्तिक २२ : कर्तव्य ज्यान मुद्दामा ११ वर्षदेखि फरार प्रतिवादी महाराजगन्ज नगरपालिका–८ बन्जरियाका ४३ वर्षीय भोलानाथ उपाध्यायलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा अदालतबाट २० वर्ष कैद फैसला भई भारतको मुम्बईमा लुकीछिपी बसिरहेकामा केही समयदेखि कपिलवस्तु नगरपालिका–१ प्रशासन चोकमा डेरा लिई लुकिछिपी बसिरहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

Hardik ivf

३१ असोज ०६७ साँझ कपिलवस्तु साबिक भलवारी गाविस–८ सानो भलवारीमा मेला हेर्न गएका साविक उदयपुर गाविस–७ बस्ने मुनिम भन्ने सीताराम पासीलाई छेदी यादव, हरिहर कुर्मीले भोलानाथमार्फत् अन्य २ जना व्यक्तिलाई एक लाख रुपैयाँ दिई गोली प्रहार गरी हत्या गराएका थिए । घटनामा अदालतले उनीहरू उपर उक्त फैसला गरेको थियो । छेदीलाई ४ भदौ ०६८ र हरिहरलाई २४ असोज ०६८ मा प्रहरीले पक्राउ गरेको थियो । 

भोलानाथलाई जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको र अन्य २ जना फरार प्रतिवादीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६:५३ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्