Kathmandu Press

सुर्खेत र नवलपरासीमा दुईजना मृत फेला

सुर्खेत र नवलपरासी (पूर्व)मा दुईजना मृत फेला परेका छन् ।
सुर्खेत र नवलपरासीमा दुईजना मृत फेला
Hardik ivf

काठमाडौं, कात्तिक २२ : सुर्खेत र नवलपरासी (पूर्व)मा दुईजना मृत फेला परेका छन् ।

सुर्खेत लेकवेशी नगरपालिका–१ ढापखर्क बस्ने गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा घरबाट करिब पाँच सय मिटर टाढा खरबारीमा सोमबार मृत फेला परेकी छन् । आइतबार सामान किन्न घरनजिकको पसलमा गएकामा फर्की नआएपछि खोजी गर्ने क्रममा घाँटी रेटी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको हो ।

यस्तै, नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका–१३ सिख्रौलीस्थित नारायणी नदीमा नाम, थर, वतन नखुलेकी करिब ६० वर्षीया महिला सोमबार मृत फेला परेकी छन् ।

प्रकाशित मिति: १६:४७ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्