Kathmandu Press

दुर्घटनाहरूमा दुईको मृत्यु, १९ जना घाइते

दाङ र रौतहटमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनाहरूमा दुईको मृत्यु, १९ जना घाइते

काठमाडौं, कात्तिक २२ : दाङ र रौतहटमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

दाङ बबई गाउँपालिका–२ एक्लेबरस्थित सडकमा सल्यान कालिमाटीबाट तुलसीपुर आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप अनियन्त्रित दुर्घटनामा पर्दा कालीमाटी गाउँपालिका–३ का देवबहादुर सुनारको मृत्यु भएको छ ।

Hardik ivf

घटनामा १९ जना घाइते भएका छन् । उनीहरूमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र अन्य आठजना उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको छ ।

यस्तै,    रौतहट बौधिमाई नगरपालिका–५ कोप्वास्थित सडकमा ना६त ७९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोहीका ५६ वर्षीय सुरेशप्रसाद यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्ज लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्