Kathmandu Press

प्रधानसेनापति शर्मा भोलि भारत जाँदै

काठमाडौं, कात्तिक २२ : प्रधानसेनापति प्रभुराम शर्मा  भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली जाने भएका छन्। भारतका सेनाध्यक्ष एमएम नरवणेको  निमन्त्रणामा उनी कात्तिक २३...
प्रधानसेनापति शर्मा भोलि भारत जाँदै

काठमाडौं, कात्तिक २२ : प्रधानसेनापति प्रभुराम शर्मा  भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली जाने भएका छन्। 

भारतका सेनाध्यक्ष एमएम नरवणेको  निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन्। शर्मालाई सेनाको एक टुकडीले  भ्रमणका लागि आजै बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ।

Hardik ivf

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्नुहुने कार्यक्रम छ। उनलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाल र भारतबीच एकअर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ। नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई २०२६ सालमा  पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ।

नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्ने जनाइएको छ।

प्रकाशित मिति: १६:३८ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्