Kathmandu Press

अपराध निर्मूल गर्न विशेष योजना : प्रहरी महानिरीक्षक क्षत्री

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सीमा नाकामा हुने अपराध, लागूऔषधको अवैध कारोबारलगायत अपराध निर्मूल गर्नका लागि प्रहरीले विशेष प्राथमिकताका साथ आवश्यक कार्ययोजना तर्जुमा गरी काम गर्नुपर्ने बताएका छन् ।
अपराध निर्मूल गर्न विशेष योजना : प्रहरी महानिरीक्षक क्षत्री

सर्लाही, कात्तिक २२ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सीमा नाकामा हुने अपराध, लागूऔषधको अवैध कारोबारलगायत अपराध निर्मूल गर्नका लागि प्रहरीले विशेष प्राथमिकताका साथ आवश्यक कार्ययोजना तर्जुमा गरी काम गर्नुपर्ने बताएका छन् ।

जिल्ला प्रहरी सर्लाही र मातहतका कार्यालय प्रमुख, प्रहरी अधिकृत र जवानहरूलाई सोमबार निर्देशन दिँदै उनले प्रहरीले गरेका हरेक क्रियाकलाप संगठनसँग जोडिने हुनाले आफ्नो कर्तव्य सदैव पारदर्शी रूपमा बहन गर्नुपर्ने उल्लेख गरे ।

प्रहरी जीवन सार्वजनिक जीवन भएको उनले बताए । आफ्नो आचरण र व्यवहारमा अझै सुधार ल्याउन, नम्र भाषा प्रयोग गर्न र खुशीसाथ विनाभेदभाव नागरिकलाई समान एवं प्रविधिमैत्री सेवा प्रदान गर्न उनले निर्देशन दिए । महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखी सेवा दिन उनले आग्रह गरे ।

प्रकाशित मिति: १६:३३ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्