Kathmandu Press

सैनिक श्रीमती संघको वार्षिकोत्सवमा मुखपत्र विमोचन

सैनिक श्रीमती संघको ३८ औं वार्षिकोत्सव समारोहमा सोमबार संघको मुखपत्र ‘सेवा सुमन’ विमोचन गरिएको छ ।
सैनिक श्रीमती संघको वार्षिकोत्सवमा मुखपत्र विमोचन
Hardik ivf

काठमाडौं, कात्तिक २२ : सैनिक श्रीमती संघको ३८ औं वार्षिकोत्सव समारोहमा सोमबार संघको मुखपत्र ‘सेवा सुमन’ विमोचन गरिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्मा र संघकी अध्यक्ष सुनिता शर्माले मुखपत्र विमोचन गरेका हुन् । समारोहमा विशेष पूजा अर्चना, झण्डोत्तोलनलगायत कार्यक्रम आयोजना गरिएको थियो ।

समारोहमा प्रधानसेनापति शर्मा प्रमुख अतिथि थिए । कार्यक्रममा नेपाली सेनाका अधिकृतहरू र पदाधिकारी उपस्थित थिए ।

प्रकाशित मिति: १५:२१ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्