आगलागीमा परी एकको मृत्यु, लाखौंको धनमाल नष्ट
काठमाडौं, कात्तिक २२ नुवाकोटको ककनी गाउँपालिका–१ ठुलो खोला पाँचमाने बस्ने ६१ वर्षीय पहलमान तामाङको गोठमा सोमबार बिहान आगलागी हुँदा सोही गोठमा सुतेका सो क्षेत्रमा...
काठमाडौं, कात्तिक २२ : नुवाकोटको ककनी गाउँपालिका–१ ठुलो खोला पाँचमाने बस्ने ६१ वर्षीय पहलमान तामाङको गोठमा सोमबार बिहान आगलागी हुँदा सोही गोठमा सुतेका सो क्षेत्रमा ज्यालादारी गरी हिँड्ने हाल वतन नखुलेका बाबुराम तिमल्सिना नाम बताउने करिब ६० वर्षीय पुरुषको आगलागी परी सोमबार बिहान मृत्यु भएको छ।
आगलागीबाट करिब ३ लाख ९५ हजार रुपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
संखुवासभाको सिलिचोङ गाउँपालिका–५ निबुङ बस्ने रणबहादुर राईको घरमा केटाकेटीले चुलोमा आगो खेलाउने क्रममा आइतबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
इलामको माई नगरपालिका–७ रातमाटे बस्ने सन बहादुर मगरको घरमा विद्युतको तार सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर, सुनचाँदी, लत्ताकपडा, भाडावर्तन, अन्नपात जलेर करिब ७ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
सुनसरीको हरिनगरा गाउँपालिकाट्ठ३ बस्ने छुतारु मेहेताको घरमा बिद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा र भाडावर्तन जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
धनुषाको गणेशमानचारनाथ नगरपालिका–४ वीरेन्द्रबजार बस्ने धर्मेन्द्र साहले सोही ठाउँमा संचालन गरेको रेडिमेड कपडा पसलमा बिद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा कपडाहरू र फर्निचर जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ्।
प्रहरी, स्थानीय बासिन्दा सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
