करेन्ट लागेर छुट्टाछुट्टै स्थानमा तीनजनाको मृत्यु
काठमाडौं, कात्तिक २२ : करेन्ट लागेर मृत्यु काठमाडौं, सिरहा र दार्चुलामा एकएकजनाको मृत्यु भएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान बस्ने रामेछाप मन्थली घर भएका १९ वर्षीय...
काठमाडौं, कात्तिक २२ : करेन्ट लागेर मृत्यु काठमाडौं, सिरहा र दार्चुलामा एकएकजनाको मृत्यु भएको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान बस्ने रामेछाप मन्थली घर भएका १९ वर्षीय रंजित शेर्पा लामाको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ।
टनेलमा पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि मेडिकेयर अस्पताल चाबहिलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–३ खैरिहानी बस्ने ७५ वर्षीय कारी यादवको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ। सोही ठाउँस्थित घाँस काट्न गएकोमा घर नफर्कीएपछि खोजी गर्ने क्रममा हाई भोल्टेजले चुढीएको तारले करेन्ट लागेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो।
दार्चुलाको मार्मा गाउँपालिका(४ मर्मती बस्ने ३५ वर्षीय प्रेम महरको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ।
सोही गाउँपालिका–२ लामबगरस्थित गणेश सिंह बिष्ट र शेर सिंह बिष्टको घरको दोस्रो तलामा ढलान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मिस्त्री काम गर्ने उनको लटिनाथ स्वास्थ्य चौकी दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
