Kathmandu Press

हल्का हिमपातको सम्भावना

काठमाडौं, कात्तिक २२ : हाल नेपालमा अरब सागरमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सामान्य असरले देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।उक्त...
हल्का हिमपातको सम्भावना

काठमाडौं, कात्तिक २२ : हाल नेपालमा अरब सागरमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सामान्य असरले देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त मौसमी प्रणालीका कारण देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागे पनि आकास खुला भएकाले बढी चिसो महसुस गरिएको छ।

Hardik ivf

अहिले प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ। भोलि मङ्गलबार पनि देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

कात्तिक २४ गते बुधबार प्रदेश १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौंको अधिकतम तापक्रम २३ दशमलव ८ र न्यूनतम तापक्रम नौ दशमलव दुई डिग्री सेल्सियस छ।

प्रकाशित मिति: १३:४३ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्