Kathmandu Press

प्रधानमन्त्री अस्वस्थ, नेकपा सचिवालय बैठक फेरि स्थगित

काठमाडौं, साउन ३० : नेकपा केन्द्रीय सचिवालयको बैठक सुरु भएलगत्तै प्रधानमन्त्री अस्वस्थ भएका कारण स्थगित भएको छ ।  

केहीबेर अघि मात....

प्रधानमन्त्री अस्वस्थ, नेकपा सचिवालय बैठक फेरि स्थगित
फाइल फोटो

काठमाडौं, साउन ३० : नेकपा केन्द्रीय सचिवालयको बैठक सुरु भएलगत्तै प्रधानमन्त्री अस्वस्थ भएका कारण स्थगित भएको छ ।  

केहीबेर अघि मात्र प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बैठक सुरु भएको जानकारी दिएका थिए तर बैठकका लागि सबै नेताहरू बालुवाटार पुगेर बैठक कक्षमा बसेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारण बैठकमा आउन नसक्ने सूचना पठाएपछि बैठक फेरि स्थगित भएको हो । 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री अस्वस्थ हुनुभएका कारण बैठकमा आउन नसकेकाले फेरि भोलि बस्ने गरी बैठक स्थगित भएको बताएका छन् । 

प्रकाशित मिति: १७:०२ बजे, बिहीबार, साउन ३०, २०७६