पत्नीको स्मृतिमा नेता चौधरीद्वारा पत्रकारिता पुरस्कार स्थापना
लहान, कात्तिक २२ नेपाली कांग्रेस सिरहाका नेता तथा समाजसेवी महेश चौधरीले पत्नीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेका छन्।‘सङ्गीता कर्माचार्य स्मृति पत्रकारिता पुरस्कार’का लागि...लहान, कात्तिक २२ नेपाली कांग्रेस सिरहाका नेता तथा समाजसेवी महेश चौधरीले पत्नीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेका छन्।
‘सङ्गीता कर्माचार्य स्मृति पत्रकारिता पुरस्कार’का लागि रु. ५१ हजार राशिको पुरस्कार कोष स्थापना गरेको उनले जानकारी दिए। आउँदो मङ्सिर २२ गते आयोजना हुने कार्यक्रममा जिल्लाका एक पत्रकारलाई सो पुरस्कार प्रदान गरिने नेता चौधरीले बताए।
नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका प्रतिनिधि र सङ्गीता कर्माचार्य स्मृति प्रतिष्ठानका प्रतिनिधिसहितको बैठकले सो पुरस्कारका लागि एक सञ्चारकर्मीको नाम छनोट गर्ने जनाइएको छ।
कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका बेला गाउँगाउँका गरिब विपन्न परिवारलाई राहत वितरण गर्न सक्रिय कर्माचार्यले गत वैशाख २८ गते आमाको मुख हेर्ने दिन लहान नगरपालिका–१३ का २१ महिलालाई साडी वितरण गरेका थिए।
प्रकाशित मिति: १२:४२ बजे, सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१