साहित्यकार दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडाैं, साउन ३० : वरिष्ठ साहित्यकार स्वर्गीय मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
९७ वर्षको उमेर....

काठमाडाैं, साउन ३० : वरिष्ठ साहित्यकार स्वर्गीय मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
९७ वर्षको उमेरमा निधन भएका वरिष्ठ साहित्यकार दीक्षितको बिहीबार अपरान्ह पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। उनको पार्थिव शरीरमा सुपुत्र विनोदमणि दीक्षितले दागवत्ति दिएका थिए।
यसअघि सरकारले वरिष्ठ साहित्यकार दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। उनी २००७ सालको क्रान्तिमा समेत संलग्न रहेका थिए। नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति भएका दीक्षितले त्रिचन्द्र कलेजमा पनि प्राध्यापन गरेका थिए।
दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति प्रकाशित छन्। उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए। नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ। उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो।

-1784896419.png)









