Kathmandu Press

लागुऔषध गाँजासहित पक्राउ    

काठमाडौं, कात्तिक २२ : पर्सा, बारा र सर्लाहीबाट अवैध लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन्।पर्साकाे जगरनाथपुर गाउँपालिका(४ जगरनाथपुरबाट करिब १ किलो अवैध लागूऔषध गाँजा...
लागुऔषध गाँजासहित पक्राउ    

काठमाडौं, कात्तिक २२ : पर्सा, बारा र सर्लाहीबाट अवैध लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन्।

पर्साकाे जगरनाथपुर गाउँपालिका(४ जगरनाथपुरबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित छिपहरमाई गाउँपालिका–२ टिउकी बस्ने ६० वर्षीय रामचन्द्र महतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

Hardik ivf

भारततर्फ जाँदै गरेको ना६३ प १७५५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी चालक महतलाई पक्राउ गरेको हो । 

बाराको कलैया उपमहानगरपालिका–१२ शीतलपुर नजिक सडकबाट करिब १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित दुईजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१६ बस्ने २१ वर्षीय चाँदकिशोर राम र सोही ठाउँ बस्ने ३२ वर्षीय प्रभु राम रहेका छन्। बा२५प १९९५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मटिअर्वाबाट खटिएको जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक चाँदकिशोर र मोटरसाइकलमा सवार प्रभुलाई पक्राउ गरेको हो । 

सर्लाहीको हरिवन नगरपालिका–२ स्थित सडकबाट १० किलो अवैध लागूऔषध गाँजा आइतबार साँझ प्रहरीले बरामद गरेको छ।

सिन्धुलीको क्यामनचुलीबाट हरिवन चिसापानीतर्फ जाँदै गरेको बा७३प ६०४७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले इलाका प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडी फरार भएपछि मोटरसाइकलमा जाँच गर्ने क्रममा बोरामा ल्याएको उक्त गाँजा फेला पारी बरामद गरेको हो।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ। 

प्रकाशित मिति: १२:२३ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्