Kathmandu Press

समाजसेवी पाण्डेले दिए आमा-बुवाको नाममा ५० हजारको पुरस्कार

समाजसेवी रामशरण पाण्डेले आफ्ना दिवंगत आमा–बुवाको नाममा मीननाथ–ललिता स्मृति पुरस्कारको सुरु गरेका छन् ।
समाजसेवी पाण्डेले दिए आमा-बुवाको नाममा ५० हजारको पुरस्कार

काठमाडौं, कात्तिक २२ : समाजसेवी रामशरण पाण्डेले आफ्ना दिवंगत आमा-बुवाको नाममा मीननाथ-ललिता स्मृति पुरस्कार सुरु गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महेन्द्र उच्च मावि चतुराली, नुवाकोटबाट ०७६ सालको परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएकी सीता लामिछानेलाई ५० हजार रुपैयाँको उक्त पुरस्कार हस्तान्तरण गरिएको छ । 

Hardik ivf

आमा–बुवाको नाममा स्थापना गरिएको उक्त पुरस्कार प्रत्येक वर्ष उक्त स्कुलबाट १२ कक्षाको परीक्षामा प्रथम हुनेलाई प्रदान गरिने पाण्डेले बताए । सोमबार कांग्रेस नेता अर्जुननरसिंह केसीले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

‘मैले मध्यपान र धुम्रपानमा हुने फजुल खर्च बचाएर प्रत्येक वर्ष म आफैँ पढेको विद्यालयका उत्कृष्ट एक विद्यार्थीलाई थप अध्ययनका लागि ५० हजारको पुरस्कार दिने घोषणा गरेको हुँ,’ पाण्डेले भने ।

प्रकाशित मिति: १२:११ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्