Kathmandu Press

अझै बनेन रोल्पा अस्पताल भवन

आर्थिक वर्ष ०७६–७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ । निर्माण व्यवसायीको चरम लापरवाहीले भवन समयमा नबनेको सरोकारवालाको आरोप छ ।
अझै बनेन रोल्पा अस्पताल भवन

रोल्पा, कात्तिक २२ : जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।

आर्थिक वर्ष ०७६–७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ । निर्माण व्यवसायीको चरम लापरवाहीले भवन समयमा नबनेको सरोकारवालाको आरोप छ । अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले सम्झौता अवधि सकिएको लामो समय बितिसक्दासमेत समेत भवन कहिले सम्पन्न हुन्छ भन्ने अन्योल रहेकोे बताए ।

Hardik ivf

‘स्तरवृद्धि भई अस्पतालले ५० शय्या स्वीकृत पाएको छ । आवश्यक मेसिनरी सामान, चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिको समेत स्वीकृति भइसकेको छ,’ उनले भने, ‘समयमै भवन नबन्दा सेवा प्रवाह र बिरामी समस्यामा छन् ।’

जिल्लामै पहिलो पटक चिकित्सा विशेषज्ञ सेवाका लागि ‘एमडी’ तहको दरबन्दी स्वीकृत भई तिहारलगत्तै हाजिरी हुने भनिए पनि भवन अभावले चिकित्सक आउन सकेका छैनन् । संविधानले दिएको मौलिक हकसमेत उपभोग नपाएको महिला अधिकारकर्मी तीर्था आचार्यको  भनाइ  छ ।

अस्पताल भवन ३३ करोड लागतमा निर्माण गर्न थालिएको अस्पतालका सूचना अधिकृत कुलबहादुर डाँगीले जानकारी दिए । निर्माण व्यवसायी खगेन्द्र बुढामगरले निर्माणको काम गर्दै आएको उनको भनाइ छ । निर्माण व्यवसायी बुढामगरसँग सम्पर्क गर्न प्रयास गर्दा फोन सम्पर्क हुन सकेन । दुई–चार कामदारबाहेक साइटमा थप मजदूर परिचालन गरेका छैनन् ।

प्रकाशित मिति: ११:३६ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्