तीन करोडमा सुविधा सम्पन्न छात्रावास निर्माण
बैतडी, कात्तिक २२ : बैतडीको दोगडाकेदार गाउँपालिका–३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा सुविधा सम्पन्न छात्रावास भवन निर्माण गरिएको छ।उच्च शिक्षा अध्ययनका लागि आउने...
बैतडी, कात्तिक २२ : बैतडीको दोगडाकेदार गाउँपालिका–३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा सुविधा सम्पन्न छात्रावास भवन निर्माण गरिएको छ।
उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीका लागि बसोबासमा सहजता ल्याउन छात्रावास निर्माण गरिएको हो। सङ्घीय सरकारको समपूरक कोष र दोगडाकेदार गाउँपालिकाको साझेदारीमा तीन करोड चार लाखमा छात्रावास निर्माण गरिएको क्याम्पसले जनाएको छ।
१७ कोठा, दुई हल, चमेनागृह र घेरापर्खालसहित दुई तले सुविधा सम्पन्न छात्रवास भवन निर्माण गरिएको श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर कार्कीले बताए। उच्च शिक्षा हासिलका लागि आउने विद्यार्थीलाई छात्रावास बनिसकेपछि टाढाबाट बस्नको लागि सहज भएको क्याम्पस प्रमुख कार्कीले बताए। उनका अनुसार छात्र र छात्रा बस्न मिल्ने गरेर व्यवस्था गरिएको छ।
दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले शिक्षा क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताए। शैक्षिक क्षेत्रको विकास र गुणस्तर सुधार गर्ने उद्देश्य अनुरूप गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा रहेको उनको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयको आङ्गीक क्याम्पसका रूपमा रहेको श्रीकोट बहुमुखी क्याम्पस २०६९ मा स्थापना भएको हो। हाल यहाँ स्नातकोत्तरसम्मको पढाइ हुने गर्दछ । यस क्याम्पसमा अहिले बैतडीका विभिन्न स्थानका २५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। (रासस)











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
