आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, कात्तिक २१ : सप्तरीको राजबिराज नगरपालिका १ शिवथानमा लामखुट्टे धपाउन बालेको घुरबाट शनिबार राति आगलगी भएको छ। स्थानीय मो.हबिब मियाको गोठघरमा बालेको घुरले...
काठमाडौं, कात्तिक २१ : सप्तरीको राजबिराज नगरपालिका १ शिवथानमा लामखुट्टे धपाउन बालेको घुरबाट शनिबार राति आगलगी भएको छ।
स्थानीय मो.हबिब मियाको गोठघरमा बालेको घुरले सोही ठाउँका हदिशा खातुन र मो.फजमुलको घरमा समेत आगलागी भएको छ। आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबको धनमाल जलेर नष्ट भएको छ।
त्यस्तै, नेपालगंज उपमहानगरपालिका ३ एकलाईनी बस्ने हारुन हलुवाईको हारुन श्रृगार पसलमा बिद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथ यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १९:४९ बजे, आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
