Kathmandu Press

छुट्टाछुट्टै स्थामा पाँच जना मृत अवस्थामा फेला     

काठमाडौं, कात्तिक २१ : काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल चिलाउनेस्थित बाटो छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत...
छुट्टाछुट्टै स्थामा पाँच जना मृत अवस्थामा फेला     

काठमाडौं, कात्तिक २१ : काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल चिलाउनेस्थित बाटो छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।
 
रामेछाप, सुनापती गाउँपालिका १ बोजेनीका ४८ वर्षीय बिदुर गौतम आफ्नै घरभित्र माथिल्लो तला जाने भर्‍याङको फेदमा मृत अवस्थामा आइतबार फेला परेका छन्। 

झापा, हल्दिबारी गाउँपालिका १ गोलधापका ७१ वर्षीय हेमनर सतार आफ्नै घरमा सुतिरहेको ठाउँमा आइतबार मृत अवस्थामा फेला परेका छन्।

Hardik ivf

नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका २ भृकुटी चोकस्थित पुरानो कागज फ्याक्ट्रीभित्र सोही नगरपालिका ५ कुसुमघाटका २४ वर्षीय प्रकाश कुमाल आइतबार मृत अवस्थामा फेला परेका छन्। 

ओखलढुङगा, सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका ४३ वर्षीय बिष्णु पोखरेल आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन्। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १९:२९ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्