Kathmandu Press

नुहाउने क्रममा डुबेर दुईजनाकाे मृत्यु     

काठमाडौं, कात्तिक २१ : मकवानपुरको ईन्द्रशरोबर गाउँपालिकाको कुलेखानीस्थित मोहनी झर्नाको पोखरीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमारसुवा गोसाईकुण्ड गाउँपालिका १ का...
नुहाउने क्रममा डुबेर दुईजनाकाे मृत्यु     

काठमाडौं, कात्तिक २१ : मकवानपुरको ईन्द्रशरोबर गाउँपालिकाको कुलेखानीस्थित मोहनी झर्नाको पोखरीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमारसुवा गोसाईकुण्ड गाउँपालिका १ का १७ वर्षीय तेन्डुप तामाङ रहेका छन्। 

Hardik ivf

उनको शनिबार दिउँसो मृत्यु भएको हो। 

त्यस्तै, संखुवासभाको सभापोखरी गाउँपालिका ६ पात्ले दहस्थित सभाखोलामा डुबेर स्थानीय भक्त बहादुर बिकको छोरा ८ वर्षीय बिपन बिकको शनिबार मृत्यु भएको छ। उक्त खोलामा नुहाउने क्रममा बिकलाई खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बाह्रबिसेबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १९:२५ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्